You are viewing the translated version of स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउनु पर्ने.
Rule 5
स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउनु पर्ने
(१) प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रचलित कानून बमोजिमको प्रसूति सेवा, आधारभूत आकस्मिक प्रसूति सेवा र नवजात शिशु सेवा निःशुल्क उपलब्ध गराउनु पर्नेछ।
(२) प्रचलित कानून बमोजिम स्थापना वा सञ्चालनमा रहेका आधारभूत अस्पताल, जनरल अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टिकृत अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थाले प्रचलित कानून बमोजिमको प्रसूति सेवा, आकस्मिक प्रसूति सेवा र नवजात शिशु सेवा उपलब्ध गराउनु पर्नेछ।
(३) प्रत्येक स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रसूति सेवा, आकस्मिक प्रसूति सेवा र नबजात शिशु सेवाको न्यूनतम मापदण्ड मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।